तपाईँ सुन्दै हुनुहुन्छः

छेलो हान्ने प्रतियोगिता

धादिङ ।प्राचीनकालदेखि महानवमीको दिन खेलिँदै आएको छेलो हान्ने प्रतियोगिता उत्तरी धादिङको झार्लाङमा सम्पन्न भएको छ ।

गाउँमा भएका मानिसमध्ये सबैभन्दा टाढासम्म १५ किलोग्रामको ढुङ्गा फाल्न सक्ने मानिसलाई सम्मानसाथ गाउँ घुमाइने गरिन्छ । राजेन्द्र तामाङ यस वर्षको छेलो विजेता घोषणा भएका छन् । उहाँलाई गाउँबासीले सोमबार माला लगाएर गाउँ परिक्रमा गराएको आयोजक टेकबहादुर तामाङले बताउनुभयो ।

यसैगरि गोरु जुधाइ प्रतियोगितामा विजेता खनियाबास २ न्यान्चोका खल्डुप तामाङ र उपविजेता खनियाबास २ कै बमबहादुर तामाङ रहनुभएको छ । उहाँहरुलाई सो अवसरमा सम्मान गरिएको थियो । यस पर्वमा हरेक वर्ष गाउँको कोखिममा मेला लाग्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button