तपाईँ सुन्दै हुनुहुन्छः

बाँच्ने रहर छ मलाई बचाई देउ !

बारा । मृत्यूसँग जुधिरहेकी बाराकी सुनिता महत्तोले उनको ज्यानको रक्षा गरिदिन आग्रह गरेकी छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ बिसौलियाकी ४० वर्षिय महत्तोलाई ब्रेन ट्युमर भएर उनी मृत्यूसँग लडिरहेकी हुन् ।

आर्थिक समस्याका कारण उपचार पाउँन नसकेकी उनले आर्थिक सहयोग गरेर ज्यानको रक्षा गरिदिन आग्रह गरेकी छन् । सामान्य चिया पसल सञ्चालन गर्दै आएकी महत्तो बिगत तीन महिनादेखि मृत्यूसँग लड्दै आईरहेकी छन् । एकल महिला महत्तोको मस्तिस्कको अपरेशन गर्नु पर्ने भएकोले दश लाख रुपैयाँको आवश्यक्ता परेको बिरामी सुनिता महत्तोले बताउँनुभयो ।

परिवारमा कमाउँने कोही नभएको र १४ वर्षकी एक जना छोरी मात्रै रहेकोले जसो तसो गरी परिवारको गुजारा गर्दै आएकी सुनिता अहिले आँफै मृत्यूसँग लडिरहेकी हुँन् । घरमा कमाउँने कोहि नभए पछि उनकी छोरी सपना कुमारीले पनि पठन पाठन छोडेर आमालाई चिया पसलमा सघाउँदै आईरहेकी छन् ।

बिगत तीन महिनादेखि आमाको टाउको सामान्य रुप मैं दुख्ने गरेको र औषधी खाए पछि आराम हुँने गरेको सुनिताकी छोरी सपना कुमारीले बताउँनुभयो । तर , यही असोज एक गतेका दिन एक्कासी सहनैं नसक्ने गरी टाउकोको दुखाईबाट आमा छट्पटाउँन थालेको सपनाले जानकारी दिनुभयो ।

दुखाईबाट छट्पटाई रहेकी आमालाई स्थानीयको सह्योगमा सपनाले स्थानीय तराई सिमरा हस्पिटलमा उपचार गराउँनुभयो । चिकित्सकको सल्लाह अनुसार आमाको टाउकोको बिरगंज स्थित न्यूरो अस्पतालमा सिटि स्क्यान गराउँदा रिपोर्टमा ब्रेन ट्युमर साबित भएको सपनाले बताउँनुभयो ।

कमाउँने कोहि नभए पछि आर्थिक अभावका कारण महत्तो परिवार अहिले चिन्तित छ । थप उपचारका लागि काठमाण्डौं स्थित न्यूरो अस्पतालमा पु¥याईएकी बिरामी सुनिताको मस्तिस्कको अपरेशन गर्नु पर्ने त्याहाँका चिकित्सकहरुले बताएका छन ।

दश लाख रुपैयाँको खाँचो भएकाले अझै बढी सह्योगी हाँतहरुको खाँचो रहेको बताउँदै स्थानीय युवा नेता श्यामबाबु गुप्ताले रोगले सानो ठूलो नगन्ने , जो कोही पनि बिरामी हुँन सक्ने भएकाले भालीको दिनका लागि आज हामीले सुतिनतालाई सह्योग गर्नु पर्ने बताउँनुभयो ।
त्यस्तै स्थानीय समाजसेवी राधा देबी साहले बिगत लामो समय देखि टाउको दुख्ने ब्याथाबाट ग्रसित महत्तोको मस्तिस्कको अपरेशनको लागि सुनिता बचाउ अभियानमा लागि परेका यहाँका सर्वसाधारणले ३२ हजार रुपैयाँ संकलन गरेर पिड्ति सुनितालाई हस्तान्त्रण गरिसकेको बताउँनुभयो ।

सुनिता बचाउ अभियान अन्तरर्गत बिरामी कै छोरी सपना कुमारीको नामको बैंकमा खाता समेत खोलिएको छ । देश विदेशमा रहँनु हुँने सह्योगी नेपालीहरुलाई सह्योगमा सहजताका लागि एस.बि.आई बैंकमा खाता खोलएिको हो ।
एस.बि.आई बैंक सिमरा बारामा सपना कुमारीको नाममा खोलिएको खाता नम्बर २५३१५२४३२००००४ मा सम्पूर्ण नेपालीले आर्थिक सह्योग गरेर सुनिता बचाउ अभियानलाई सफल पार्नु पर्ने आवश्यक देखिन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button