तपाईँ सुन्दै हुनुहुन्छः

कर नतिर्ने विरुद्ध राजस्व कार्यालय कडा रुपमा प्रस्तुत

ध्रुव अधिकारी, वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्सा राजस्व नर्तिने उद्योगी व्यवसायीप्रति कडा रुपमा प्रस्तुत भएको छ ।

आन्तरिक राजस्व कार्यालय वीरगन्जले गत आर्थिक वर्ष २०७५–०७६ मा कर नतिरेका वीरगञ्जका ९८ जना उद्योगी व्यवसायीहरुको घर–जग्गा र बैंक खाता रोक्का गरेको छ ।

वीरगञ्जका विभिन्न उद्योगका सञ्चालक, निर्माण व्यवसायी, ट्रेडिङ कारोबार, सप्लार्यस ईट्टा व्यवसायी लगायतका फर्महरुले कर नतिरेपछि घर–जग्गा र बैंक खाता रोक्का गरिएको आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख गोपीकृष्ण कोईरालाले बताउनुभयो ।

विगत केही समय यतादेखि कर तिर्न उद्योगी व्यवसायिहरुले आलटाल गर्ने प्रवृत्ति हाबी भएपछि कडा रुपमा उत्रनु परेको प्रमुख कोइरालाले बताउनु भयो ।

अहिले आन्तरिक राजस्व कार्यालयमा राजस्व नतिर्ने उद्योगी व्यवसायीहरुको तीन पुस्ते नामावली सहित नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न र पर्सा बाराका मालपोत कार्यालयलाई घरजग्गा रोक्का गर्न बैंक तथा मालपोतलाई परिपत्र भएको कर अधिकृत सुनिलराज देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button