तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा एकै पटक ९ वटा मोटर साईकलमा आगलग्गी

धनुषा । धनुषामा एकै पटक ९ वटा मोटरसाईकल र ३ वटा साईकलमा आगोलागी भएको छ । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं।३ प्रखे महुवामा पार्किंग गरि राखिएको ९ वटा मोटरसाईकल र ३ वटा साईकलमा आगलगी भएको हो । आगोलागी रहस्यमय ढंगले भएको बताईन्छ ।

आज बिहान करिब ३ः३० बजेको समयमा पार्किंग गरि राखिएको मोटरसाईलमा आगलगी हुँदा पार्किङ गरि राखिएका मोटरसाईकल र साईकल जलेर पूर्ण रुपमा ध्वस्त भएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताए ।

तर मोटरसाईकल र साईकल कसैले जलाएको वा आफैँ जलेको भन्ने पुष्टि हुन बाँकी रहेको एसपी खनालले बताए ।
मोटरसाईकल र साईकल पार्किङ गरिएको स्थानमा बिजुलीको तारहरु समेत रहेकोले यसबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको एसपी खनालले बताए । उनका अनुसार अनुसन्धानका लागि प्रहरी नायब उपरिक्षक रामेश्वर कार्की नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।

मोटरसाईकलहरुमा लागेको आगो निभाउन स्थानीयहरुले तत्कालै प्रयास गरेपनि मोटरसाईकल र साईकल जलेर ध्वस्त भईसकेको थियो ।
उक्त पार्किङ स्थलमै रहेको जनकन्दिनी गाउँपालिका वडा नं। ३ का वडाध्यक्षको सरकारी गाडी समेत जलेर ध्वस्त भएको छ ।
घटनामा ५ ओटा नेपाली प्लेट र ४ वटा भारतीय नम्बर प्लेटको मोटरसाईकल जलेर नष्ट भएको एसपी खनाले जानकारी दिए । सार्वजनिक जग्गामा पार्किँग गरी राखिएको ज ९ प ७६२५ , स १ प ४३८१, स ८ प ७७१८ , ज १ प ९३३ ९गाउँपालिकाको वडा नं। ३ को० र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाईकलहरु जलेर ध्वस्त भएको हो ।

आगलगीमा त्यही पार्किंग गरी राखिएको बिआर ३२ एन ५३३९, बिआर ३२ एफ ९३००, बिआर ३२ भि ३०८४, बिआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाईकल समेत जलेर ध्वस्त भएको हो ।एकैपटक ९ मोटरसाईकल र ३ साईकलमा आगलगी भएपछि त्यहाँका स्थानीयबासी त्रसित बनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button