तपाईँ सुन्दै हुनुहुन्छः

उत्कृष्ठ कार्यगर्ने प्रहरी पुरस्कृत

दोलखा । ६४ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखाले उत्कृष्ठ कार्यगर्ने प्रहरी अधिकृत र जवानहरुलाई पुरस्कृत तथा अमर प्रहरीका परिवारको सम्मान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखामा आयोजित विशेष कार्यक्रममा उत्कृष्ठ कार्य गर्ने प्रहरी निरीक्षक रेशम बोहोरा, जिल्ला ट्राफिक प्रहरी कार्यालय चरिकोटका प्रहरी सहायक निरीक्षक चन्द्रमान तमाङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी हवलदार कर्णबहादुर भारती, महमुद मिया तेली, इलाका प्रहरी कार्यालय जिरीका प्रहरी हवलदार राजकुमार थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान खेमबहादुर रावत, कविता मानन्धर, पुरुषोतम भुजेल र मनोहर कुमार दासलाई नगद सहित पुरस्कृत गरिएको हो ।

त्यसैगरी दिवसको अवसरमा अमर प्रहरीका परिवारहरु लक्ष्मीबहादुर पौडेल, ज्ञानुमाया बस्नेत, दिपेन्द्र श्रेष्ठ, मैँया श्रेष्ठ र चन्द्रकुमारी श्रेष्ठलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । त्यसैगरी प्रहरी चौकी किरातिछापलाई निशुल्क जग्गा दान गर्ने भीमेश्वर नगरपालिका वडा नम्बर ५ का सुन्दर थापालाई समेत सम्मान गरिएको छ ।

त्यसैगरी प्रहरी दिवसको अवसरमा आयोजित ब्याडमिन्टन डबल प्रतियोगीतामा प्रथम हुने प्रहरी नायव निरीक्षक यज्ञनन्दन शाह र प्रहरी हवलदार कमलबहादुर माझि र द्धितिय हुने प्रहरी नायव निरीक्षक धनेश्वर चौधरी र प्रहरी सहायक निरीक्षक मनोजकुमार भट्टराईलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

सो अवसरमा भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले स्थानिय तहले विकास र समृद्धिको सरकारको अभियानलाई सहयोग मिल्ने गरी कार्यक्रम गर्ने उल्लेख गर्नुहुदै शान्ति सुरक्षा र अन्य हिसाबले समेत प्रहरीको सहयोग महत्वपूर्ण हुने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक मानबहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले, प्रहरी निरीक्षक रेशम बोहोरा र भूपु प्रहरी हेमबहादुर खड्काले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button