तपाईँ सुन्दै हुनुहुन्छः

आदिवासी जनजाति ह्योल्मो संघ गठन

काठमाडौं । नेकपा निकट दुई ह्योल्मो संगठन एकिकृत भएका छन् । लोकतान्त्रिक आदीवासी ह्योल्मो संघ र ह्योल्मो मुक्ती मोर्चा एकिकरण गरी आदिवासी जनाजाति ह्योल्मो संघ नेपाल गठन गरिएको हो ।

शनिबार काठमाडौंमा तासी लामाको अध्यक्षतामा भएको एकिकरण सभाबाट सुरज लामाको अध्यक्षमा ५५ सदसीय कमिटि गठन गरिएको छ ।

कार्यक्रममा  आदिवाशी जनजाति महासंघका सह इन्चार्ज कमान सिं लामा, केन्द्रीय सदस्य सिरजन राई, जनजाति महासंघका संयोजक सुरेश आलेमगर, सह संयोजक एवं माननिय शेरवहादुर तामाङ,ह्योल्मो जातिकै पहिलो महिला सभासद् एवं नेकपा की नेतृ पेम्बा लामा लगायतले ह्योल्मो समुदायको इतिहास र वर्तमान अवस्थाको चर्चा गर्दै यो संघले खेल्नु पर्ने भूमिकाका विषयमा  धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button