तपाईँ सुन्दै हुनुहुन्छः

जीवन शर्मालाई भेट्दा भावुक बनिन् शान्ता चौधरी

  

काठमाडौं, २८ असोज । साच्चै जन गायक जीवन शर्मा यतिबेला ठूलो पीडामा हुनुहुन्छ । जीवनभर जनताका दुख र पीडाका गित गाउने यी जनगायकलाई यो दशैंमा सोच्दै नसोचेको दशा भोग्न प‍¥यो । खाना खानेक्रममा मासुको हड्डीले अन्न नलि छेडेर उनका जेष्ठ सुपुत्र सिकिस्त बने । अहिले उनका छोरा अमृत आचार्यको मनमोहन कार्डियो महाराजगन्जमा उपचार भइरहेको छ ।


जीवनभर आर्थिक लोभ नगरी जनताको गीत गाउँदै हिंड्ने जीवन शर्मालाइृ यत्तिखेर छोराको उपचारमा रकम अभाव हुँदा धेरै अप्ठ्यारो परेको देखिन्छ ।

यस्तो दुस्खद घडीमा नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले जीवन शर्मालाई भेटेर केही रकम हस्तान्तरण गर्नुभएको छ । सभासद् चौधरीले जनगायकलाई ‘तपाईं जनताको प्रिय मान्छे हो , हामी सबैको साथ तपाईंलाई रहनेछ भन्दै छोरा अमृत आचार्यको स्वास्थ लाभको कामना समेत गर्नु भएको छ ।’ धन नभए पनि मन कि धनी माननीय सभासद् शन्ता चौधरीले जस्तै तपाई हामीले पनि जनगायक जीवन शर्मालाई सहयोग गर्ने कि रु जीवन शर्मा जनगायक हुनुहुन्छ । शर्मा दर्शन र राजनीतिशास्त्रमा स्नात, अङ्ग्रेजी र मानवशास्त्रमा डबल एम।ए गरेर पनि सर्वहारा बन्नुभएको गायक हुनुहुन्छ।

शान्ता चौधरी नेपालकी समाजसेवी तथा राजनीतिकर्मी हुहुनुहन्छ । । उहाँ नेपालको पहिलो स‌ंविधानसभामा सदस्य हुनुहुन्थ्यो भने अहिले पनि सभासद् हुनुहुन्छ ।,

दाङ, लक्ष्मीपुर निवासी २७ वर्षीया शान्ता चौधरी आठ वर्षको कलीलो उमेरदेखि २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेर विद्रोह गरी सामाजिक कार्यमा सक्रिय हुनुभएको थियो। कम्हलरीबाट उम्किएपछि उहाँले अरु १७ जना कम्हलरीलाई आफैले मुक्त गराई शिक्षाको समेत व्यवस्था आफ्नै तर्फबाट गरिदिनुभएको थियो। चौधरीले भूमि आन्दोलन गर्दा जमीन्दारले उहाँलाई दुख दिएर बस्ने घरमा समेत आगो लगाइदिएका थिए ।


जीवनभर जनताका गित गाउने गायक जीवन शर्मालाई भेट्न हस्पिटल पुग्दा शान्ता चौधरी निक्कै भावुक बन्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button