तपाईँ सुन्दै हुनुहुन्छः

महसुल नतिरेको भन्दै प्राधिकरणले काट्यो १ हजार घरधुरीको लाइन


दोलखा । नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले २४ लाख विद्युत महसुल नतिरेको भन्दै १ हजार धरधुरीको लाइन कटाएको छ ।
प्राधिकरणले जिल्लाको तामाकोसी गाउँपालिकाका २ वटा वडा र मेलुङ गाउँपालिकाको १ वडा झण्डै हजार घरधुरीको लाइन काटेको हो ।

०६७ सालदेखि हिमाल पावर लिमिटेडको सहयोगमा विद्युतिकरण गर्न बनेको तामाकोसी ग्रामिण विद्युत सहकारी संसथाले बिगत ३ वर्षदेखिको विद्युत महसुल नबुझाएका कारण लाइन काट्न बाद्य भएको प्राधिकरण अन्तर्गतको दोलखा वितरणका लेखा प्रमुख माधब प्रसाइले जानकारी दिनुभयो ।

प्राधिकरणले विद्युत लाइन काटेपछि तामाकोसी गाउँपालिकाको जफे , मालु र मेलुङ गाउँपालिकाको साबिक मेलुङ गाउँ मंगलबारदेखि अन्धकार बनेका छन् ।

तामाकोसी ग्रामिण विद्युत सहकारीले उपभोक्ता मार्फत विद्युत महसुल संकलन गरेर प्राधिकरणलाई बुझाउदै आएको थियो । नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख विपिन ढकालले मोटो परिमाणको रकम वर्षौदेखि रोकिदा असहज भएको बताउनुभयो ।

ढकालले आफु भर्खरै सरुवा भएर दोलखा आएको र आएदेखिनै महसुल भुक्तानी गर्न पटक पटक अनुरोध गरेपनि सहकारीले भुक्तानी नगरेपछि लाइन काट्न बाद्य भएको जानकारी दिनुभयो । उहाँका अनुसार जम्मा एकैपटक रकम भुक्तानी गर्न नसकेपनि क्रमश बुझाउदै गए लाइन सञ्चालनमा ल्याइने छ ।

प्राधिकरणले हतार ग¥यो सहकारी
तामाकोसी ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष धुर्ब पोख्रेलले बक्यौता बाँकी रहेको स्विकार्दै लाइन काटेर प्राधिकरणले हतार गरेको बताउनुभयो ।

उहाँले बिचमा प्राधिकरणले उपलब्ध गराएका मिटर बक्सहरु एकैपटक बिग्रेको र समयमा नयाँ मिटर बक्स उपलब्ध नगराएकाले विद्युत महसुल बाँकी रहेको स्विकार्नुभएको छ । अध्यक्ष पोख्रेलले उपभोक्ताबाटै रकम नउठेको बताउदै उठेलगत्तै आफुहरु भुक्तानी गर्ने तयारीमा रहेको जानकारी दिनुभएकोछ । हिमाल पावर लिमिटेडले ०६७ सालमा विद्युत सहकारीको अवधारणा बनाएर जफे मालु र मेलुङमा विद्युतीकरण गराएको थियो । सोही मोडालिटीको आधारमा सहकारीले उपभोक्तबाट महसुल संकलन गरेर प्राधिकरणलाई बुझाउदै आएको थियो ।

अध्यक्ष पोख्रेलले केही दिनमै रकम संकलन गरेर महसुल बुझाउने जनाएका छन् । उहाँका अनुसार तत्कालिन समयमा अबलम्बन गरेको सहकारी मोडालिटी असहज हुदै गएको भन्दै त्यसतर्फ साधारण सभामा छलफल गरि प्राधिकरणको काम उसैलाई गर्न दिने विषयमा प्रस्ताब लैजाने तयारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button