तपाईँ सुन्दै हुनुहुन्छः

दशैंमा गाउँ आएका यूवाले मिलेर बनाए धारा

बझाङ । दशैमा गाँउघर तिर आएका थलारा गाँउपालीका पिखेत गाँउका युवाहरुले आफ्नो गाँउको एक वर्षदेखी विग्रे भत्केका पुराना धारालाई मर्मत गरी नयाँ धारा जडान गरेका छन् ।

गाँउका पानी खानेका तीन वटा धारा मध्य फुलभाडीको धारो विग्रेभत्के र लथालिड्ग भएको देखेपछि गाँउ आएका युवाहरुले धाराको फोहर सफा गरि सिमेन्टको वालहरु बनाई नयाँ र्निमाण गरि दिएका हुन् । युवाहरुले फुटेका पाइपहरु परिर्वतन गरेका छन् भने, धाराको फोहर हटाएर सफा सुंघर गरी चिटिक्क समेत पारेका छन् ।

गत वर्ष पनि हामी गाँउतिर आउदाँ धाराको यस्तै अवस्था देखीन्थ्यो बैतडी गोकुलेश्वरमा विएसी एजी पढ्ने कुँवेर विष्टले भने ‘आजकल गाँउघरमा सामाजिक काम गर्ने प्रचलन हटेको रहेछ धाराको अवस्था विजोग देख्दा साथीहरु मिलेर धारा सुधार गरि दिएका हौ ।’

युवाहरुले धारामा पानीको निकासा , लुगा कपडा धुने सिमेन्टको वाल , पानी भर्ने आउदाँ बस्ने स्थान र धारामा गाइ गोरु पानीखाने अलगै ठाउँ मात्र बनाएनन् दिनराभ धारामा पानी आउने बनाए पछि स्थानिय महिलाहरु पनि औधी खुसी छन् ।

‘धारा भत्के विग्रेको एक वर्ष भन्दा बढी भयो,पानी केहिले आउने कहिले नआउने हुदाँ हामी महिलाहरुलाई दुःख थियो ।’ स्थानिय सितादेवी रोकायाले भनिन् ‘अहिले केटाहरु दशैमा घर आएपछि धारा सुधार गरि दिदाँ सजिलो भयो ।’ उनले भनिन् ।

थलरा गाँउपालीकाको पिखेत गाँउ ठुलो र शिक्षित गाँउ मानिए पनि अहिले यो गााउमा त्यती साह्रो सामाजिक काम भएको देखीदैन । यस गाउँमा २०४१ सालमा पिखेत खानेपानी योजना वाट ३ वटा सार्वजनिक धारा र्निमाण भएका थिए । स्थानिय कलक विष्टका अनुशार ती धारा मध्ये तलीवाडाको धारा हालसम्म ठिकै छ तर फुलभाडीको र डाँडावाडाको धारा विग्रे भत्केका छन् ।

डाडावाडाको धारो विग्रेपछि अहिले त्यहाँ बस्तीका मानिसहरु वाटो निरै पाईप काटेर पानी भर्ने गर्दछन् । ‘फुलभाडीको धारा मुख्यधारो भएकाले यसलाइ सुधार गर्ने हामीले योजना गरेका हौ ।’ सव ईन्जिनियर विद्यार्थी बम बहादुर विष्टले भने । ‘केहि रकम चन्दा उठाएका हौ भने अन्य सवै काम तिन चार दिन सर्वदान गरि झण्डै १ लाख जतीको लगानिमा धारा र्निमाण गरेको हो ।’ उनले जानकारी दिए । ‘गाँउमा बस्ने पुरुषदाजु भाइहरु त रक्सी मात्र खाने, सामाजिक एकता कम हुने रहेछ अर्का यूवा उमेश विष्टले भने । ‘समाजिक एकता देखाउन पनि हामीहरुले यस्तो काम गरि दिएको हौ’ रमेशले भने ।

युवाहरु आफैले ढुड्गा सिमेन्ट वालुवा गिटी बोकेर धारा बनाएका हुन् । हामी गाँउमा केही हुनखाने मान्छेहरु लाई धारो र्निमाणका लागी सक्दो सहयोग मागेका हु यसरी चन्दा वाट चार पाँच हजार संकलन भएपनि अरु सवै आफैले उठाएर काम गरेको हो । यसरी गाँउ आएका केटाहरुले गाँउको बाटो घाटो धारापधेरा सफा गर्ने अभियान चलाएका थिए । यस अगाडीका वर्षमा पनि गाँउ आएका यूवाहरु मिलेर पुरानो पधेरो र्निमाण गरेर पानी संरक्षण गरेका थिए ।
यो धारा र्निमाण भएपछि ५० परिवारहरु लाई खानेपानीको लागि सजिलो भएको बताईन्छ । धारा र्निमाण गरेर यूवाहरुले धेरै राम्रो काम गरेको वडा अध्यक्ष अनिल विष्टले बताए । उनले भने धारा विग्रेर गाँउको लाज मर्दोनै थियो केटाहरु आएर सुधार गर्दा खुसी लागेको छ ।

उनले भने जलस्रोत भन्ने परियोजनाले एक घर एक धारा बनाइ दिन्छु भनेको थियो गाँउमा एकता नभएपछि त्यो परियोजना फेल भएको छ सामाजिक काम गर्र्ने मानिसहरु घट्दै जाँदा समाज विग्रेदै गएको भन्दै उनको चिन्ता व्यक्त गरे ।

पिखेतमा १ सय ८० घरधुरीका लागी तिन वटा मात्र खानेपानीका धारा छन् । पुरानो गाँउको अर्को ढुड्गेधारा पधेराको पानी भने सुक्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button