तपाईँ सुन्दै हुनुहुन्छः

शिर छेदन गरी हत्या

मेलम्ची । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ५ मा हिजो राती एक जनाको शिर छेदन गरी हत्या भएको छ ।

तत्कालीन नेकपा एमाले गुन्सा गाउँ कमिटी अध्यक्ष स्व. काजी गोलेका २८ बर्षिय छोरा बिजय गोलेको हत्या भएको हो । गएराती १०ः१५ बजे गोलेको हत्या भएको र हत्याराको खोजीकार्य भएको ईलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

घटना लगत्तै ईलाका प्रहरी कार्यलय मेलम्चीबाट प्रहरी निरिक्षकको टोली गुन्सा पुगेको थियो । घटनाको थप अनुसन्धान भईरहेको र शवलाई पोष्टमार्टमका लागि मेलम्ची अस्पताल ल्याउने तयरी भईरहेको दर्नालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button