तपाईँ सुन्दै हुनुहुन्छः

पुर्खाको भूमिलाई भ्रमण बर्षमा सम्झेर आउन म्यानमारका नेपालीलाई राष्ट्रपतिको आग्रह (फोटोफिचर)

  

पिनुइलिन । म्यानमारको राजकीय भ्रमणका क्रममा राजधानी नेपितबाट पिनुइलिन पुग्नु भएका राष्ट्रपती बिद्यादेवी भण्डारीले आज यहाँस्थित नेपाली समुदायलाई सम्बोधन गर्नु भएको छ ।

सम्वोधनका क्रममा राष्ट्रपति भण्डारीले म्यानमारमा बसेर पनि नेपाली भाषा संस्कृति रिती रिवाज र परम्पराको संंरक्षण गरेकोमा यहाँका नेपाली समुदायको प्रशंसा गर्नुभएको छ ।

म्यानमार गोर्खा धार्मिक एसोसिएसनले राष्ट्रपतिको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा बोल्दै उहाँले आफ्ना पुर्वज जस्तै मेहनती लगनशील उद्धमी भएर नेपाल र नेपालीको इज्जत राख्दै म्यानमारको विकासमा सहयोगी बन्न म्यानर्माकका नेपालीलाई आग्रह गर्नु भयो ।

उहाले भ्रमण वर्ष २०२० मा आफ्ना पुर्खाको भूमी नेपाललाई सम्झेर नेपाल भ्रमणमा आउन यहाँका नेपाली समुदायलाई आग्रह गर्नुभयो ।

त्यसअघि राष्ट्रपति भण्डारीले यहाँ स्थित दुर्गा र पशुपतिनाथको मन्दिरको दर्शन र अवलोकन गर्नुभएको थियो ।

भ्रमणका क्रममा म्यानमारमा रहनुभएकी राष्त्रपतीभण्डारीले आजै पिलियुन्स्थित नेशनल क्यान्ढ्ची पार्कको अवलोकन गर्नुभयो । यो पार्कमा वनस्पतिको संरक्षण गरिएको छ ।यो पार्क एक सय बर्ष अघिदेखी संरक्षण गरिदै आएको छ ।

राष्ट्रपति भण्डारीले आजै यहाँ स्थित बटरफ्लाई संग्रालयको अवलोकनसमेत गर्नुभएको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button