तपाईँ सुन्दै हुनुहुन्छः

विल्डअन नामक वैदेशिक संस्थाको सहयोगमा नयाँ भवन बन्दै

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ६ भुरोकोटमा रहेको श्री दुर्गा आधारभूत विद्यालयमा विल्डअन नामक वैदेशिक संस्थाको सहयोगमा नयाँ भवन बन्ने भएको छ । आज आइतबार विल्डअनको प्रतिनिधित्व गरी आएका विदेशी पाहुनाहरुलाई विद्यालयमा एक कार्यक्रमका बीच भव्य स्वागत गरिएको छ ।

स्थानीय समुदायका कला, संस्कृति, भेषभुषा झल्कने गरी सांस्कृतिक कार्यक्रमका साथ उनीहरुको स्वागत गरिएको दुर्गा आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर भट्टले जानकारी दिनुभयो । आइतबार मात्रै बेलौरी नगरपालिकाको भुराकोट सहित कृष्णपुर नगरपालिकाको गुलरिया र शुक्लाफाँटा नगरपालिकाको दीपनगरमा समेत गरी तीन ओटा विद्यालय भवनको शिलान्यास गरिएको छ ।

कञ्चनपुर, कैलाली, बाँके र बर्दिया गरि चार जिल्लाका कमजोर आयस्रोत भएका सामुदायिक विद्यालयको भवन निर्माण तथा फर्निचर सहयोग गर्ने र आवश्यक स्थानमा साक्षरता कक्षा सञ्चालन गरिने विल्डअन नेपाल, केन्द्रीय कार्यालय धनगढीका ट्रेक संयोजक नरेन्द्र रानाले बताउनुभयो ।

हालसम्म नेपालका २६२ भन्दा बढी विद्यालयको भवन निर्माण गरिसकिएको र यस वर्ष सन् २०१९ को अन्तिमसम्म १७ वटा नयाँ भवनको शिलान्यास गरी निर्माण गर्ने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button