तपाईँ सुन्दै हुनुहुन्छः

समृद्ध नेपाल निर्माणका लागि एकता आवश्यकः मुख्यमन्त्री गुरुङ

पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल निर्माणका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले बडादशैँ, तिहारलगायतका चाडपर्वका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकारका नकारात्मक कामको प्रचार बढी र सकारात्मक कामको प्रचार कम भइरहेको बताउनुभयो ।

सङ्घीयता कार्यान्वयनका क्रममा रहेको उल्लेख गर्दै उहाँले सङ्घीयताको मर्मलाई बल पुग्ने किसिमबाट सकारात्मक तबरले सञ्चारकर्मीले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सङ्घीय सरकारको केन्द्रीकृत सोचका कारण अझै पनि सङ्घीयता कार्यान्वयन गर्न कठिनाइ भएकोे गुनासो गर्नुभयो ।

सङ्घीयताको कार्यान्वयनका लागि उच्चस्तरीय राजनीतिक कार्यदल बन्नुपर्ने उहाँको जोड थियो । देशमा कानूनी राज्य स्थापित भएको बताउँदै उहाँले समाजका विकृति, विसङ्गति र भ्रष्टाचार विरुद्धमा कलम चलाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री गुरुङले जग्गा प्राप्तको अधिकार प्रदेश सरकारमा नहुँदा विकास निर्माणमा कठिनाइ भएको बताउनुभयो ।

गण्डकी प्रदेशका आथिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मागेर कुनै व्यक्तिको जीवन र कुनै देशको प्रगति नहुने बताउनुभयो । छिमेकी राष्ट्रका कुनै प्रमुख नेपाल आउँदा देशले के पाउने र के दिनेभन्दा पनि उनीहरुसँग हाम्रो सद्भाव, सम्बन्ध कस्तो हुन्छ त्यसतर्पm केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले विकासका लागि निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक भएको बताउँदै लगानी योग्य उत्पादनशील योजना सरकारले छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button