तपाईँ सुन्दै हुनुहुन्छः

टोकियोमा राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री आबेबीच भेटवार्ता

जापान –  जापानका सम्राटको सम्राट् नोरुहितोको शुभराज्याभिषेकोे विशेष समारोहमा सहभागी हुन जापान पुग्नुभएका राष्ट्रपति विद्यादेबी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोकियोस्थित स्टेट गेष्ट हाउस आसाका प्यालेसमा शिष्टाचार भेटवार्ता भएको छ ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी उच्चपदस्थ पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारीसहितको नेपाली प्रतिनिधिमण्डल आइतबार राजधानी टोक्यो आइपुग्नुभएको थियो ।

जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषे भोलि कात्तिक ५ गते स्थानीय समयानुसार अपराह्न १ः०० बजे इम्पेरियल प्यालेसको सेदेन स्टेट हलमा हुँदैछ ।

राज्याभिषेक समारोहमा सहभागी भई राष्ट्रपति भण्डारीसहितको नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button