तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र म्यानमारबिचको सम्बन्ध व्यापार, पर्यटन र लगानी प्रवद्र्धनका लागि फलदायी हुने : मन्त्री ज्ञवाली

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमण, दुई देश बिचको ब्यापार, पर्यटन र लगानी प्रवद्र्धनका लागि फलदायी हुने जानकारी दिनुभएको छ ।

म्यानमारबाट फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज संचारकर्मीहरुसँग कुरा गुर्नहुँदै परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल र म्यानमार बिच पर्यटन सहयोग आदान–प्रदान र सांस्कृतिक सहयोग आदान–प्रदान गर्ने समझदारीपत्रमासमेत हस्ताक्षर भएको जानकारी दिनुभयो ।

उहाले द्विपक्षिय भेटका अवसरमा दुईदेश बिचको बहु–आयामिक सम्बन्धलाई अझ सुदृढ र मजबुत बनाउदै लैजाने विषमासमेत छलफल भएको जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले म्यानमार भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सुचिमा सुचिकृत म्यानमारको बगान क्षेत्र सांस्कृतिक धरोहरका रुपमा रहेको स्वेदेगान प्यागोडा, लगायतका पुरात्वातिक र सांस्कृतिक सम्पदाको अवलोकन समेत गर्नुभएको जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरागर्न सवै मुलुक संग मित्रतापूर्ण ब्यवहारको नीति अवलम्वन गरि वाह्य सम्वन्धहरु प्रगाढ बनाउनु पर्ने बताउनुभयो
। उहाँले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न म्यानमारबाट त्रिर्थयात्रीको रुपमा नेपालको भ्रमण गर्न म्यानमारका नागरिकहरुलाई आग्रह गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button