तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा सवारी दुर्घटना : तिन महिनामा ३३ जनाको मृत्यु एक सय ८० घाइते

चितवन – चालु आर्थिक बर्ष २०७६/०७७ को ३ महिनामा सवारी दुर्घटनामा परेर चितवनमा ३३ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार सो अवधिमा ८१ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा १ सय ८० जना घाईते भएका थिए । ती मध्ये सबै भन्दा बढी चितवनका भित्री सडकमा भएको सवारी दुर्घटना परेर मृत्यु भएको छ ।

कार्यालयले दिएको तथ्यांक अनुसार सो अवधिमा भित्री सडकमा १० जना , नारायणग मुग्लिङ्ग सडक दुर्घटनामा ८ जना , पुर्व पश्चिम सडकमा ७ जना,पुथ्वीराजमार्गमा ४ जना र भरतपुर नगर क्षेत्रमा ४ जनाको मृत्यु भएको छ । यस्तै उक्त अवधिमा श्रावण महिनामा २५ जना घाइते, भदौमा ३३ जना र आश्विनमा १सय २२ जना घाइेत भएका थिए ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गीरीले मुख्य सडकहरुमा भन्दा बढी भित्रि सडकमा दुर्घटना बढ्ने गरेको बताउनु भयो । उहांँका अनुसार भित्री सडकमा कच्ची बाटो, साना सवारी चालकको लापरवाही , मादकपदार्थ सेवन गरेर सवारी चलाउने चालकका कारण दुर्घटना बढेको हो । ‘भित्री सडकमा ब्लाइन्ड स्पट धेरै,मापसे र कच्चाी सडकका कारण दुर्घटना बढी हुने गरेको छ ’। उहांँले भन्नुभयो ।

६४ लाख राजश्व संकलन
कार्यालयले चालु आर्थिक बर्षको ३ महिनाको अवधिमा ६४ लाख १० हजार ५सय रुपैयांँ राजश्व संकलन गरेको छ । कार्यालयलयले दिएको जानकारी अनुसार सो अवधिमा ८ हजार ४ सय ५० सवारी कारवाहीमा परेका थिए । तथ्याक अनुसार श्रावण महिनामा २ हजार ९ सय २० सवारी कारवाहीबाट २२ लाख २९ हजार ५ सय रुपैयांँ संकलन भएको थियो ।

यस्तै भदौ महिनामा २ हजार ६ सय ८० सवारी कारवाहीबाट २० लाख १८ हजार संकलन भएको थियो भने असोज महिनामा २ हजार ८ सय ५० सवारी कारवाहीबाट २१ लाख ६३ हजार संकलन भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button