तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको आर्थिक बिकासमा सहयोग पुर्याउन जापान सरकारलाई राष्ट्रपति भण्डारीको आग्रह

फाइल तस्बिर

जापान – जापानका सम्राट नारु हितोको गद्दीआरोहणकोे विशेष समारोहमा सहभागी हुन जापान पुग्नुभएकी राष्ट्रपति विद्यादेबी भण्डारीको सम्मानमा आज जापानस्थित नेपाली दुतावसले रात्री भोजको आयोजना गरेको छ ।

रात्री भोजमा सम्बोधन गर्नुहँुदै राष्ट्रपति भण्डारीले नेपालमा राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै नेपालको आर्थिक विकासमा सहयोग पु¥याउन जापान सरकारलाई आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपालमा लगानी सुरक्षाको प्रत्याभूति सरकारले गर्ने प्रष्ट्उदै नेपालको पूर्वाधार विकास, जलस्रोत, पर्यटन र उत्पादनशिल क्षेत्रहरुमा लगानी गर्न पनि जापान सरकारलाई आग्रह गर्नुभयो ।

जापान नेपालको एक प्रमुख विकास साझेदार र सुखदुखको साथी भएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले नेपालको सामाजिक एवं आर्थिक विकासमा जापान सरकारले गर्दै आएको सहयोग प्रशंसनीय रहेको र आगामी दिनमा पनि जापान सरकारबाट नेपालले भरपर्दो सहयोग प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० मा बढिभन्दा बढी जापानी नागरिकलाई नेपाल भ्रमण गर्न आग्रहसमेत गर्नुभयो । उहाँले लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउने नेपाल सरकारको प्रयाशमा जापान सरकारको सहयो हुने अपेक्षा समेत गर्नुभयो ।

राष्ट्रपति भण्डारीले गद्दीआरोहण गर्न लाग्नु भएका जापानका सम्राट नारु हितो एवं साम्राज्ञी र जापानी जनतालाई बधाई व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले जापानमा हालै आएको आधिका कारण भएको विनासप्रति दुःख व्यक्त गर्नुभयो ।

रात्रि भोजमा जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले स्वागत गर्दै जापानका सम्राट नारु हितोको गद्दीआरोहणकामा राष्ट्रपति भण्डारीको ऐतिहासिक उपस्थितीले नेपाल र जापन सम्बन्धलाई थप उचाइमा पुर्याएको बताउनुभयो ।

रात्रीभोजमा जापान नेपाल संसदीय मैत्री संघका अध्यक्ष तोसी हिरो निकाइले पनि सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button