तपाईँ सुन्दै हुनुहुन्छः

मौसममा आएको खराबीका कारणले दुई दिनदेखि उडान अबरुद्ध

जनकपुरधाम – बिगत दुई दिनदेखि घाम नलागेको र मौसममा आएको खराबीका कारणले जनकपुरधाममा आउने सबै उडानहरु दोश्रो दिन आज पनि रद्द भएको छ ।

जनकपुर विमान स्थलमा अवतरणका लागि चाहिने भिजिविलिटी नभएका कारणले दोश्रो दिन पनि बुद्ध तथा एति एअर लाईन्सको सबैै उड्डानहरु रद्द भएको बुद्ध एअरका स्टेशन म्यानेजर विजय सिंहले जानकारी दिनुभयो ।

दिनभरी घाम नलाग्ने र चिसो पनि सामान्य रुपमा बढेको छ । विमान सेवा दुई दिनदेखि अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि काठमाडाँै जानेहरु सडक मार्गको प्रयोग गरेर जान थालेका छन् ।

अहिले जनकपुर–काठमाडाँै उडान बुद्ध एअरको दुई तथा यति एअरको एक गरी तीन वटा उडान दैनिक रुपमा हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button