तपाईँ सुन्दै हुनुहुन्छः

गरिमा जातको धानमा बाला नलागेपछि त्यसको अध्ययनका लागि विज्ञ टोली स्थालगत अनुगमनमा

धनगढी – कैलाली कन्चनपुरमा लगाइएको गरिमा जातको धानमा बाला नलागेपछि त्यसको अध्ययन गर्न सुदूरपश्चिम प्रदेश सरकारले विज्ञसहितको टोली स्थालगत अनुगमनका खटाएको छ ।

प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले धानको अध्ययनका लागि भनेर विज्ञसहितको टोली स्थलगत अनुगमनमा पठाइएको बताउनुभयो ।

उहाले गरिमा धान पिडित किसानको तथाक संकलन गर्न मातहतका निकायलाई निर्देशन दिइएको बताउनुदिनुभयो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष कैलाली र कचनपुरमा गरी करिब  एक हजार किसानले झण्डै ३ सय हेक्टर क्षेत्रफलमा गरिमा जातको धान लगाएका छन् ।

गरिमा धानमा बाल नलागेपछि यतिवेला दिनहु जसो किसानहरु प्रदेश सरकार, स्थानीय तह देखि कृषि ज्ञान केन्द्रमा धाउने गरेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button