तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिको म्यानमा भ्रमण फलदायीः परराष्ट्रमन्त्री ज्ञवाली

विद्या, विमल । परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमा भ्रमण, दुई देश विचको व्यापार, पर्यटन र लगानी प्रवर्द्धनका लागि फलदायी भएको बताउनुभएको छ ।

म्यानमा बाट फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीहरु संग कुरा गुर्नहुंदै परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल र म्यानमा विच पर्यटन र सांस्कृतिक सहयोग आदान प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।

उहाँले दुइपक्षिय भेटका अवसरमा दुइदेश विचको वहु आयामिक सम्वन्धलाई अझ सुदृढ र मजबुत वनाउंदै लैजाने विषयमा समेत छलफल भएको जानकारी दिनु भयो ।

मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न म्यानमार बाट तिर्थयात्रीका रुपमा नेपालको भ्रमण गर्न म्यानमारका नागरिकहरुलाई आग्रह गरेको पनि बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button