तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

जापान,  राष्ट्रपति विद्यादेबी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोबिन्दबीच आज जापानमा शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति कोबिन्दबीच यो पहिलो भेटवार्ता हो ।

भेटवार्तामा दुबै राष्ट्रपतिले नेपाल भारत सम्बन्धप्रति सन्तोष व्व्यक्त गर्नुका साथै दुई देशका प्रधानमन्त्रीहरुबीचको छलफल र भेटपछि भारतीय सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुले तिब्रता पाएको र ती परियोजनाहरु निर्धारित समयमै सम्पन्न हुनेमा आशा व्यक्त गर्नुभएको जानकारी भेटमा सहभागी राष्ट्रपति सचिव शंकार बैरागीले दिनुभयो ।

भेटमा भारतीय राष्ट्रपति कोबिन्दले राष्ट्रपति भण्डारी नेपाल भ्रमण गर्न दिनुभएको निम्ताको स्मरण गर्नुका साथै चाडै नै आफु नेपाल भ्रमणमा आउने जानकारी दिनुभयो ।
भारतका राष्ट्पति कोबिन्दले नेपाल सरकारले शिख समुदायका धार्मिक गुरु गुरु नानकको स्मरणमा तीन भिन्नाभिन्नै सिक्का निकालेको र महात्मा गान्धीको १ सयव ५० औ जयन्तीलाई नेपालले महत्व दिएकोमा नेपाल सरकारलाई धन्यबाद दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button