तपाईँ सुन्दै हुनुहुन्छः

‘वालेन डी ओर’ को दावेदारमा मेस्सी र रोनाल्डोसहित को-को परे? ( सूचीसिहत)

एजेन्सी। यो वर्षको वालेन डी ओरका लागी दावादार खेलाडीहरुको प्रारम्भिक सूचीमा सार्वजनिक भएको छ । प्रारम्भिक ३० खेलाडीको सूचीमा लिभरपुलका ६ खेलाडी परेका छन् ।

यस्तै म्यान्चेष्टर सिटीका ५ खेलाडी सूचीमा पर्दा टोटेनहमका ह्युगो लोरिस र सन ह्युङ मिन समेत सूचीमा अटाएका छन् ।

पछिल्ला १० बर्षमा अवार्डमाथि दबाब राख्दै आएका रोनाल्डो र मेस्सी समेत प्रारम्भिक सूचीमा छन् । रोनाल्डो र मेस्सी दुबै छैटौं पटक यो अवार्डको उपाधि उचाल्ने दाउमा रहेका छन् ।

केही चर्चित खेलाडी भने प्रारम्भिक सूचीमा अटाएका छैनन् । गत सिजनका विजेता लुका मोड्रिचले पनि स्थान बनाउन सकेका छैनन् । त्यस्तै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमार, म्यान्चेष्टर युनाईटेडका पाउल पोग्बा र ईङ्लिस फरवार्ड ह्यारी केन प्रारम्भिक सूचीमै अटाउन सकेका छैनन् ।

गएराति सार्वजनिक गरेको पहिलो चरणको सूचीमा सर्जियो गुइरो, बेर्नान्डो सिल्भा, पिएरी एमिरिक, रोबेर्टो फेरमिन्हो, एसिलोन, ट्रेन्ट एलेजान्देर आर्नोल्ड, हुगो लोरिस,रियाद महरेज रहेका छन ।

यस्तै केलीयन एम्बाप्पे, रोबेर्ट लेवान्दोस्की, एन्टोनीयो ग्रिजम्यान, इडेन हाजार्ड, करिम बेन्जिमा, रहिम स्ट्रलिङ पनि पहिलो चरणमा स्थान बनाउन सफल भएका छन ।

सूची हेर्नुहोस्-

साडीयो माने, भिरगिर भान डायक, रोबेर्टो फरमिन्हो, ट्रेन्ट एलेजान्देर अर्नोल्ड, जिगगिन्हो विज्नाल्डम, माहम्मद सलाह (लिभरपुल)

सर्जियो अगुइरो,बर्नान्डो सिल्भा, केभिन डी ब्रुइन, रियाद महरेज, रहिम स्ट्रलिङ (म्यानचेस्टर सिटी)

फ्रेंकी डी जोङ, मार्क एन्द्रे तेर, लियोनल मेस्सी, एन्टोइन ग्रिजम्यान ( बार्सिलोना)

क्रिस्टियोनो रोनाल्डो, माटिज डी लिग्ट (युभेन्टस)

करिम बेन्जिमा, इडेन हाजार्ड (रियल मड्रिड)

जोओ फलिक्स (एट्लेटिको मड्रिड)

हुगो लोरिस, सन हुङ मिङ ( टोटनह्याम)

केलियन एम्बाप्पे, माक्विन्होस (पीएसजी)

डोनी भान डी बीक (आयाक्स)

कालीडोउ काउलीबाली (नापोली)

प्रतिक्रिया राख्नुहोस्

Back to top button