२०७६ साल मंसिर २७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

देवकोटाका कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गर्नेछन् : प्रम

रेडियो नेपाल २०७६ कार्तिक १० गते ११:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औंँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटाप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै उहाँका अजरअमर कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गरिरहने विश्वास व्यक्त गर्नुभएको छ ।