तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णनगरको निषेधाज्ञा आज पनि यथावत, जिल्ला सुरक्षा समितिको बैठक बस्दै

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा तिहारको लक्ष्मीमाताको मूर्ति विसर्जनको क्रममा दुई समुहबीच विवाद भएपछि स्थितिलाई साम्य बनाउन स्थानीय प्रशासनले विहीबारबाट लगाएको निषेधाज्ञा आज पनि जारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नहुँदासम्मको लागि भन्दै निषेधाज्ञा जारी गरेको थियो । कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दीप शमसेर जबराले बिहीबार विहान लगाइएको निषेधाज्ञा अहिले पनि जारी रहेको बताए ।

यसैबीच निषेधाज्ञा र पछिल्लो अवस्थाको बारेमा छलफल गर्न १० बजे जिल्ला सुरक्षा समितिको बैठक बस्ने भएको छ । लक्ष्मीमाताको मूर्ति विसर्जनका क्रममा झडप हुँदा एक जनाको मृ त्यु समेत भएको थियो । मृ तक २० वर्षिय सुरज पाण्डे भारतीय नागरिक रहेको पुष्टि भएको छ ।

स्थानीय हिन्दु समुदायले लक्ष्मीपूजाको लागि स्थापना गरेको लक्ष्मीमूर्ति बुधवार साँझ विसर्जन गर्न लैजांदै गर्दा मुश्लिम समुदायसंग विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button