तपाईँ सुन्दै हुनुहुन्छः

फिलिपिन्समा एकै हप्तामा गयो तीन पटक शक्तिशाली भूकम्प : १८ जनाको मृत्यु, अन्य धेरै घाइते

मनिला। फिलिपिन्समा एक हप्ताभित्र तीन पटक शक्तिशाली भूकम्प गएको छ । यसी क्रममा पछिल्लो पटक बिहीबार पनि भूकम्प गएको छ ।

देशको दक्षिणी क्षेत्रमा आएको भूकम्पमा परी कम्तीमा पाँच जनाको मृ त्यु भएको छ भने अरु केही घा इते भएका छन् । अधिकारीहरुका अनुसार अरु कैयौँ घरसहितका भौतिक संरचनाहरु भत्किएका छन् । यसअघिका दुई भूकम्पले पनि ठूलो क्षति पु¥याएको थियो ।

मिन्डानाओ पहाडलाई केन्द्रमा पारेर ६.५ म्याग्नीच्युडको भूकम्प आएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । त्यही क्षेत्रमा गत मङ्गलबार आएको भूकम्पमा परी अरु आठ जनाको मृ त्यु भएको थियो ।

भूकम्पको केन्द्रविन्दुदेखि झण्डै ४५ किलोमिटर टाढा पर्ने दक्षिणी क्षेत्रको मुख्य सहर मानिने डाभाओ सहरमा पनि धेरै क्षति पुगेको अधिकारीहरूले जनाएका छन् ।

भत्किएको घरमा परेर नौ जना घा इते भएका छन् । उद्धारकर्ताले उनीहरुलाई उद्धार गरेपनि अन्य एक जना त्यहीँ च्या पिएको अनुमान गरिएको छ ।

कोताबाटो प्रान्तमा पाँच जनाको मृ त्यु भएको जनाइएको छ । मृ त्यु भएकामध्ये एक जना स्थानीय सरकारी अधिकारी पनि रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button