तपाईँ सुन्दै हुनुहुन्छः

नगरपालिकाले फोहोर उठाउन नआएको भन्दै सडकमा फोहोर फालेर बिरोध

मेलम्ची – मेलम्ची नगरपालिकाले फोहोर नउठाएको भन्दै आज मेलम्ची बजार बासिन्दाले सडकमा फोहोर फालेर बिरोध जनाएका छन् । बिगत २० दिनदेखि नगरपालिका फोहोर उठाउन नआएको भन्दै बजार बासिन्दाले आज बिरोध स्वरुप फोहोर सडकमा फालेका हुन् ।

यस अघि मेलम्ची नगरपालिकाकै वडा नम्बर ११ को धिताल बेशीमा अस्थाई रुपमा फोहोर फाल्दै आएपनि स्थानीयले दुर्गन्धित भएको भन्दै दिगो समाधानको माग गर्दै नगरपालिकालाइ फोहोर फाल्न नदिएपछि फोहोर उठाउन नगरपालिका आएको थिएन ।

बारम्बार यो बिषयलाइ उठाउदा पनि सम्बन्धित पक्षले बेवास्ता गरेको भन्दै बाध्य भएर फोहोर सडकमा फाल्न परेको स्थानियले बताएका छन् । तर नगरपालिकाले भने दिर्घकालिन व्यवस्थापनका लागि ठाउँको अनुगमन गरिरहेको र छिट्टै यस्को समाधान हुने बताएको छ ।

नगरपालिकाका सुचना अधिकारी जित बहादुर कार्र्कीका अनुसार फोहोरमैला ब्यबस्थापन समितिसँग छलफल गरी यसलाई छिटो भन्दा छिटो ब्यबस्थापन गर्न नगरपालिका लागि परेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button