तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रगतिवादी समालोचना’ सार्वजनिक

काठमाडौं । ‘प्रगतिवादी समालोचना’ सार्वजनिक दर्शनशास्त्रका अध्येता गोपीरमण उपाध्यायको समालोचना कृति ‘प्रगतिवादी समालोचना’  सार्वजनिक गरिएको छ । नेकपा (क्रान्तिकारी–माओवादी)का महासचिव मोहन वैद्यले सो कृतिको विमोचन गर्नुभयो ।

उक्त कृतिको विमोचन गर्दै महासचिव वैद्यले नेपाली कम्युनिष्ट आन्दोलनमा अध्ययनलाई प्रोत्साहन नगर्ने प्रवृत्ति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफूले पनि अध्ययन नगर्ने, अरूले पनि अध्ययन गरोस् भन्ने नचाहने प्रवृत्ति नेपाली कम्युनिष्ट आन्दोलनमा विद्यमान छ ।” अध्ययनलाई प्रोत्साहन नगर्ने प्रवृत्ति चिन्ताको विषय भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा कृतिको समीक्षा गर्दै प्रगतिशिल लेखक सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले उपाध्यायको कृतिले अध्ययनको भोक जगाउने बताउनुभयो । समालोचनामा सारपक्षमा अत्यधिक ध्यान दिइँदा रूपपक्षको चर्चातर्फ कम ध्यान पुगेको उहाँको भनाइ थियो । समीक्षक प्रलेसका सल्लाहकार डा विन्दु शर्माले उपाध्यायको कृति विचारको हिसाबले प्रष्ट भएको बताउनुभयो । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य मणि थापा, प्रलेसका सचिव प्रकाश थापा मगर, कोषाध्यक्ष डा धु्रवकुमार घिमिरे, पूर्व अध्यक्ष मातृका पोखरेललगायतले उपाध्यायको कृतिको बारेमा चर्चा गर्दै समाचोलना विधालाई समय सापेक्ष रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button