तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा आज सार्वजनिक बिदा

आइतबार प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको छ ।छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको हो ।

यस पटकको छठ पर्व शनिबार र आइतबार गरी दुई दिन परेकाले आइतबार सार्वजनिक बिदा दिएको प्रदेश २ सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपालको तराई भागमा छठ पर्व धुमधामका साथ मनाइने गरिन्छ ।यसैगरी, सिन्धुलीको गोलन्जोर गाउँपालिकाले पनि छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button