तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा चलचित्र महोत्सवको तयारी अन्तिम चरणमा

वीरगंज – बीरगंजमा हुन लागेको स्वर्णिम चलचित्र महोत्सवको आवश्यक सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

आगामी कार्तिक २१, २२ र २३ गते आयोजना हुने महोत्सवको उदघाटन राष्ट्रपति बिद्यादेबी भण्डारीले गर्ने कार्यक्रम तय भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकारको जिज्ञासाको जवाफ दिँदै महोत्सब तयारी समितिका संयोजक एवम् चलचित्र निर्माता बिमल पौडलले तराई र मधेशका पात्रहरुलाई पनि नेपाली चलचित्रमा समेट्नुपर्छ भन्ने उद्देश्यले महोत्सवको आयोजना वीरगंजमा गर्न लागिएको बतानउभुयो ।

महोत्सवमा भारतका चर्चित अभिनेता गोबिन्दाको पनि सहभागिता रहने बताइएको छ । पत्रकार सम्मेलनमा नेपाली चलचित्रलाई समयानुकुल र मौलिक एवं देश काल र परिस्थिति जन्य रुपमा कथा तयार गरी निर्माण गर्न महोत्सव फलदायी हुने आयोजकको अपेक्षा छ ।

पत्रकार सम्मेलनमा बीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले वीरगंज महानगरपालिकाको समेत आवश्यक सहयोगमा महोत्सवको आयोजना गरिएको हुँदा यो महोत्सब बीरगंज बासि सबैको साझा भएको बताउनुभयो ।

कार्यक्रममा बीरगंज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्याक्ष सुबोध गुप्ताले महोत्सबले पर्यटन प्रबर्दनमा टेवा पुग्ने भएकोले आर्थिक क्रियाकलपले समेत गति लिने धारणा राख्दै यसै क्षेत्रको सहयोगमा हुन गइरहेको महोत्सवबाट यस भेगका बासिन्दाले भरपुर फाइदा लिनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार सम्मेलनमा चलचित्र निर्माता तथा कलाकार नन्दु श्रीवास्तबले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष तथा स्वर्णिम चलचित्र महोत्सबका संयोजक बिलम पौडेलको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनको सहजिकरण पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button