तपाईँ सुन्दै हुनुहुन्छः

अपडेटः सुकुटे दुर्घटनाका मृतक १७ मध्ये पाँचको सनाखत (घाईतेको नामावलीसहित)

मेलम्ची । अरनिको राजमार्ग अन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ मध्ये पाँचको सनाखत भएको छ । दोलखाको मुडे देउरालीबाट काठमाण्डौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदिमा खस्दा १७ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सनाखत भएकाहरुमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षिया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका ४ सिन्धुपाल्चोककी २७ वर्षिया चमेली श्रेष्ठ र उनकी ६ वर्षिया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ३ की ५१ वर्षिया रत्नकुमारी राउत, सोही स्थानका ३ वर्षिय सिसन तामाङ रहेका छन् ।

दिउँसो सवा एक बजे भएको दुर्घटनामा अझैसम्म पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन् । नदिमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिएपनि बसभित्र कोही नभेटिएको प्रहरीको भनाई छ । बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदिमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेकाअनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्ने छ । उनले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिए । यात्रुलाई नदिले बगाएको हुन सक्ने भएकाले सुनकोशी नदिमा खोजीक्रम जारी छ ।

घाइतेहरूको नामावली
१. निशा तमाङ्ग
२. एकरानी कार्की
३. छत्रकुमारी थापा
४. अज्ञात ३५ वर्षिय महिला
६. सुनिल थापा
७. जिवन खड्का
८. समिर श्रेष्ठ
९. मिन कुमार श्रेष्ठ
१०. संगिता श्रेष्ठ
११. जेनिशा श्रेष्ठ
१२. सदिक्षा कार्की
१३. सुरेश तमाङ
१४. सहनशीला घिसिङ
१५. कौशिला कार्की
१६. प्रविन आलेमगर
१७. बबिता श्रेष्ठ
१८. कोपिला कार्की
१९. हरिमाया थापा
२०. सिमा कार्की
२१. युनिसा खड्का
२२. मनिका खड्का
२३. कमला मोक्तान
२४. डोल्मा तमाङ
२५. श्रीकृष्ण कार्की
२६. शिशिर तमाङ
२७. सुनिता तमाङ
२८. शसिता तमाङ
२९. युनिसा तमाङ
३०. रश्मी बस्नेत
३१. सविता थापा
३२. निरक श्रेष्ठ
३३. रविन मोक्तान
३४. निकेश श्रेष्ठ
३५. रञ्जना केसी
३६. सरिता तमाङ
३७. जितबहादुर खड्का
३८. नाम नखुलेको रातो पहिरनकी महिला
३९. लोकबहादुर थापा
४०. रोमन तिमल्सिना
४१. विमला तमाङ
४२. दिपा घिसिङ
४३. रोमा घिसिङ
४४. सुजन तमाङ
४५. गोमा श्रेष्ठ
४६. परिचय नखुलेको
४७. सुकमान विक

प्रतिक्रिया राख्नुहोस्

Back to top button