तपाईँ सुन्दै हुनुहुन्छः

हतियार सहित एक भारतिय युवक पक्राउ

सर्लाही । सर्लाहीको बलरा बाट हतियार सहित एक भारतिय युवक पक्राउ परेका छन । मंगलबार ईन्टलिजेन्स ब्युरो र २ नम्बर छिन्नमस्ता बाहिनी बाट खटिएको सयुक्त टोलि ले मेडईन अमेरिका लेखेको ७६०० मोडल को एक थान पेस्तोल र त्यस मा लाग्ने एकथान म्याग्जिन सहित भारतिय युबक लाई शसस्त्र प्रहरीले पक्राउ गरेको हो ।

बलरा नगरपालिका १ छिन्की टोल नेपाल भारत को सिमाना १० गजा नजिक बाट युबक लाई पक्राउ गरेको सर्लाही प्रहरी ले जनाएको छ ।

पक्राउ पर्ने मा भारत सितामढी जिल्ला पचुअर्बा गाउँ पंचायत ७ बस्ने बर्ष ३७ को रंजित साह रहेको बताईएको छ ।

ब्युरो र बाहिनी बाट खटेको संयुक्त टोलिले शंका लागि शरीर खानतलासी गर्दा पेस्तोल र म्यागजिन फेला परेको शस्सत्र प्रहरी ले जनाएको छ ।

पक्राउ परेका युवक साह लाई हातहतियार ओसारपसार सम्बन्धी कारवाहीको लागि बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाईएको शसस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीका गणपती तथा प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button