तपाईँ सुन्दै हुनुहुन्छः

एम्नेष्टि र प्रहरीको रक्तदान कार्यक्रम

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखा र एम्नेष्टि इन्टरनेशनल नेपाल दोलखाले सदरमुकाम चरिकोटमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल रेडक्रश शोसाईटी दोलखा शाखाको प्राविधिक सहयोगमा मंगलवार भएको रक्तदान कार्यक्रममा प्रहरी, एम्नेष्टि इन्टरनेशनल नेपाल दोलखाका सदस्य, जिल्लाका अन्य बिभिन्न व्यक्ति सहित २८ जनाले रक्तदान गरेको एम्नेष्टि इन्टरनेशनल नेपाल दोलखाका उपाध्यक्ष कमल चौहानले बताउनु भयो ।

जिल्लाको सरकारी तथा नीजि अस्पतालहरुमा आउने विरामीलाई रगतको अभाव हुन नदिन जिल्लामा रहेका बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाले मासिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको र सोहि क्रममा मंगलवार जिल्ला प्रहरी कार्यालय दोलखा र एम्नेष्टि इन्टरनेशनल नेपाल दोलखाले रक्तदान कार्यक्रमको आयोजना गरेको एम्नेष्टि दोलखाका अध्यक्ष श्याम खतिवडाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button