तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम श्रेणीको क्रिकेटमा एमसीसीको उत्कृष्ट व्याटिङ

काठमाडौँ । नेपालले अहिले इङ्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध तीन दिवसीय (प्रथम श्रेणी) क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको एमसीसी चिया ‘ब्रेक’सम्म उच्च योगफलतर्फ अघि बढेको छ । एमसीसीले ६० ओभरमा ४ विकेट गुमाउँदै २३३ रनको योगफल बनाएको छ । एमसीसीका एड योङ १५ र विल भानडरसपार ३७ रनमा खेलिरहेका छन् ।

‘लन्च ब्रेक’ सम्म मात्र ८४ रन जोडेको एमसीसीका लागि रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेलेर मैदान बाहिरिए । मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा टम वेस्ट्लीले ३९ तथा बिली गोडलम्यान १० रन बनाउँदै बाहिरिए ।

नेपालका लागि सोमपाल कामी र शरद भेषवाकरले समान दुई ÷दुई विकेट लिए ।

नेपालले १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गरेको हो । यसअघि सन् २००५ को मार्चमा आईसीसीले मान्यता दिएको संयुक्त अरब इमिरेट्स ( यूएई) विरुद्व प्रथम श्रेणीको क्रिकेट खेलेको थियो । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको थियो ।

आजको खेलसँगै कप्तान ज्ञानेन्द्र मल्लसहित नौ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् । कप्तान मल्लसहित राजु रिजाल, विनोद भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी र पवन सरार्फले ‘डेब्यू’ गरेका हुन् ।

सोमपाल कामी र शरद भेषवाकर ‘प्लेइङ’ ११ मा रहेका छन् । सोमपाल र शरदले भने प्रथम श्रेणीको क्रिकेट यसअघि नै खेलिसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button