तपाईँ सुन्दै हुनुहुन्छः

मैत्रीपुर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

अजय बम । म्यानमार विरुद्धको मैत्रीपुर्ण खेलमा नेपाल तीन शुन्यले पराजित भएको छ ।

म्यानमारमा भएको खेलमा नेपालले खेलको सुरूवातमा नै गोल खाएको थियो । तेस्रो मिनेटमा नै म्यानमारले पाएको फ्रिकिकमा आङ थुले हेडर गोल गर्न सफल भयो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा म्यानमारले अग्रता दोब्बर बनायो । डेविड तानले दोस्रो प्रयासमा गोल गरेका थिए ।

पहिलो हाफमा २–० को अग्रता बनाएको म्यानमारले दोस्रो हाफमा पनि दबाव कायमै राखेको थियो । बरियतामा नेपाल भन्दा माथि रहेको म्यानमारले ६६ औं मिनेटमा गोल गरेको थियो । तर रेफ्रिले अफसाइड दिए ।

तर त्यसको लगत्तै नेपालले तेस्रो गोल खायो । यसपटक पनि नेपालको डिफेन्सको कमजोरीको फाइदा म्यानमारले उठायो । हालियान बोबोले उत्कृष्ट गोल गरे ।

त्यसपछि नेपालले गोल फर्काउन सकेन र म्यानमारले पनि थप गोल गर्न सकेन । जसका कारण म्यानमार तीन शुन्यले विजयी भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button