तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर महिलाको मृत्यु

बीरगंज – पर्साको पोखरिया नगरपालिका वडा नम्बर १० शिवबर्वामा आज बिहान करेन्ट लागेर ५० बर्षीय लालमती देवीको मृत्यु भएको छ ।

आफनै घर अगाडी फोहर सफा गर्ने क्रममा बिधुतको तारमा छोएर करेन्ट लाग्दा महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र सिहले जानकारी दिनुभयो ।

घर अगाडी विधुतको नाङ्गो तार चुडिएको अवस्थामा रहेको र सफाई गर्ने क्रममा अचानक तारलाई छुदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button