तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क आखा शिविर ४०० जना लाभात्वित

काठमाडौँ – बनेपा नगरपालिकाको साँगामा सदाज्योति बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एकदिने निःशुल्क आखा शिविर ४०० जना लाभात्वित भएका छन् ।

बनेपा नगरपालिका– १३ र सूर्यविनायक नगरपालिका–१० को संगमस्थल रहेको सो स्थानमा आयोजित शिविरमा साँगा बजार, खाल्चोक, नेवारटोल, खड्का गाउँ, भङ्गाल, भैँसेपाटी, लापुली तथा मगर गाउँका आँखाका बिरामी सहभागी थिए ।

नब्बे वर्षका वृद्धवृद्धादेखि स्थानीय विद्यालयका विद्यार्थीसमेत सहभागी सो शिविरमा बनेपास्थित रेयुकाई एशुमासुनागा आँखा अस्पतालका चिकित्सकसहितको प्राविधिक टोलीले उपचार सेवा उपलब्ध गराएको थियो ।

आँखा परीक्षणमा केहीको मोतियाबिन्दुको शल्यक्रियासमेत गर्नुपर्ने भएको सम्बद्ध चिकित्सकले बताए । आर्थिकरुपले अशक्त बिरामीको आँखाको शल्यक्रियाका लागि सो संस्थाले सहयोग गर्ने जानकारी दिएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button