तपाईँ सुन्दै हुनुहुन्छः

१ अर्ब ५० करोडको लगानी भित्रिने प्रतिवद्धता

काठमाडौं । नेपालमा पछिल्लो ३ महिनामा अष्ट्रेलिया तथा चीनबाट विभिन्न ६ वटा सूचना प्रविधि कम्पनी मार्फत १ अर्ब ५० करोडको लगानी भित्रिने प्रतिवद्धता आएको छ ।

अष्ट्रेलियाबाट एउटा सफ्टवेयर कम्पनी सञ्चालनका लागि ५ करोड रुपैयाँको विदेशी लगानी र चीनबाट ६ वटा कम्पनीमार्फत् २५ करोड रुपैयाँका दरले १ अर्ब ५० करोडको लगानी भित्रिने भएको हो ।

यस अवधीमा उत्पादन मुलक क्षेत्रमा भने जम्मा ७ वटा उद्योगका लागि लगानी गर्ने प्रतिवद्धता आएको छ ।

जसमा बंगलादेश र भारतबाट एक–एक वटा कम्पनीमा लगानी गर्न आउने भएका छन् । बंगलादेशबाट गार्मेन्ट उद्योगका लागि १५ करोड रुपैयाँको लगानी आएको छ भने भारतबाट उत्पादनमूलक उद्योगका लागि ५ करोड रुपैयाँको लगानी गर्ने प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ ।

उत्पादनमुलक क्षेत्रमा पनि सबैभन्दा धेरै चीनबाट ५ वटा कम्पनीले लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । ती ५ वटा कम्पनीले ७० करोड ८० लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता गरेका हुन् ।

चिनियाँ कम्पनीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ६ करोड रुपैयाँदेखि २४ करोड ८० लाख रुपैयाँसम्म लगानीको प्रतिबद्धता जनाएका छन् ।

सेवामूलक क्षेत्रमा भने ६ वटा देशले चासो देखाएका छन् । जसमा सबैभन्दा ठूलो प्रतिवद्धता भारतबाट आएको छ । भारतले एउटा इन्भेस्टमेन्ट कम्पनी सञ्चालनका लागि २ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

यस अवधीमा चिनिया कम्पनीहरुले मात्रै विभिन्न २२ वटा कम्पनीमार्फत २ अर्ब ४७ करोड १० लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस क्षेत्रमा बेलायतले स्पा सेन्टरमा ५ करोड रुपैयाँ र कन्सट्रक्सन एन्ड अपरेसन अफ बिजनेस कम्पेक्स इन्डस्ट्रीमा १६ करोड रुपैयाँ गरी बेलायतबाट कुल २१ करोड रुपैयाँको प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button