तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय वाणिज्य बैंकद्वारा युवालाई तालिम शुरु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत आर बी बी इम्पावरमेण्ट एकेडेमी मा प्रदेश नम्बर ३ का ३० जना युवाहरुलाई तालिम प्रदान गर्न शुरु गरेको छ ।

तालिम कार्यक्रमको शुक्रवारबाट शुभारम्भ गर्नुहुदैं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको एकेडेमीबाट युवावर्गले बैंकिङ्ग क्षेत्रमा भएका नयाँ नयाँ उपलब्धिलाई सिक्ने र बुझ्ने अवसर प्राप्त गर्ने बताउनुभयो ।

पहिलो चरण अन्तर्गत एकेडेमीले २०७६ कार्तिक १ गते बाट १५ गते सम्म निःशुल्क अनलाइन आवेदन प्रदेश नं.३ का नागरिकता भएका स्नातक र स्नाकोत्तर डिग्री भएका २८ वर्ष मुनिका युवाहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको थियो ।

वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिममा बैंकिङ्ग, टेक्निकल तथा परिक्षा तयारी सम्बन्धि तालिम दरबारमार्गमा प्रदान गरिनेछ ।

तीन दिनको तालिम पश्चात बैकले ३० जना सहभागीहरुलाई तीन महिनाको पेड इन्टर्नको रुपमा लिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button