तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसी विरुद्धको तीन दिवसीय खेलमा नेपाल पराजित

अजय बम । एमसीसी विरुद्धको तीन दिवसीय खेलमा नेपालले २०८ रनको हार ब्यहोरेको छ ।

पहिलो इनिङमा पनि ब्याटिङका कारण न्यून रनमा अलआउट भएको नेपालले दोस्रो पारीमा पनि खराव ब्याटिङ गर्याे । जसका कारण नेपाल एक सय ८४ रनमा अलआउट भयो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रन बनाए भने राजु रिजालले ३१ र सन्दिप लामिछानेले २५ रन बनाए । कीर्तिपुर क्रिकेट मैदानमा नेपालले सुरुवात राम्रो गर्न सकेन ।

एमसीसीले पहिलो पारीमा तीन सय ६४ रन बनाएको थियो । जवाफमा नेपाल एक सय ५३ रनमा अलआउट भएको थियो ।

त्यसपछि एमसीसीले दोस्रो पारीमा थप एक सय ८१ रन बनाएर पारीको घोषणा गरेपछि नेपालले तीन सय ९३ रनको विशाल लक्ष्य पाएको थियो । तर नेपाल दुबै पारीमा असफल बन्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button