तपाईँ सुन्दै हुनुहुन्छः

सागः नेपाल मात्रै सबै खेलमा सहभागी हुने

अजय बम । आसन्न दक्षिण एसियाली खेलकुद सागमा कुन देशले कुन खेलमा सहभागिता जनाउने भन्ने एकिन भएको छ ।

जसमा नेपालले मात्र सबै २७ खेलमा भाग लिने भएको छ भने बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउने पक्का भएको छ ।

सागमा सबै भन्दा कम खेलमा सहभागिता जनाउने देशमा माल्दिभ्स रहेको छ । उसले ११ खेलमा मात्र भाग लिने भएको छ ।

यस्तै भारतले १७, पाकिस्तान १८, भुटान १४ खेलमा भाग लिने भएका छन ।

यसपटकको सागमा प्याराग्लाइडिङ नहुने पक्का भएको छ । किनकी नेपाल बाहेक अरु देशले नखेल्ने भएका छन । कुनैपनि देशले यो विधामा दर्ता गराएका छैनन् । आयोजक राष्ट्र नेपालबाट ६ सय ४८ खेलाडी सहभागी हुनेछन् ।

त्यस्तै, श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भुटानबाट १ सय ४२, भारतबाट ४ सय ६१, माल्दिभ्सबाट ३ सय ३२, पाकिस्तानबाट ४ सय १३ जना खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् (राखेपले) जनाएको छ ।

अफगानिस्तान आसन्न दक्षिण एशियाली खेलकुद सागका लागि नेपाल नआउने पक्का भएको छ ।

यसअघि सागमा अफगानिस्तानले पनि सहभागितााको चासो दिएको बताइएको थियो । जसका लागि दक्षिण एशियाली आलम्पिक काउन्सिलको बैठकले निर्णय गर्ने बताइएको थियो ।

तर अन्तिम समयमा अफगानिस्तानले सागबाट हात झिकेको छ । अफगानिस्तानले सागमा सहभागिता जनाउन ओसिएले स्विकृती दिनुपर्ने र त्यसका लागि सागको अहिलेको मितिले नभ्याउने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button