तपाईँ सुन्दै हुनुहुन्छः

‘आगामी वर्षमा नेपाल उर्जामा आत्मनिर्भर हुन्छ’

प्रेम राम्जा मगर, दाङ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आगामी वर्ष नेपाल उर्जामा आत्मनिर्भर बन्ने बताउनुभएको छ ।

प्रेस संगठन नेपाल दाङले आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पुनले यस वर्ष थप १ हजार मेगावाट विद्युत उत्पादन क्षमताका आयोजना सम्पन्न हुने बताउनुभयो ।

उर्जामन्त्री पुनले थप ४ हजार मेगावाट विद्युत उत्पादन क्षमताका आयोजना हाल जारी रहेको र आगामी वर्षदेखि विद्युत विक्री गर्ने अवस्थामा मुलुक पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button