तपाईँ सुन्दै हुनुहुन्छः

श्रमिकहरुसँग विद्या भट्टराई

कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्की क्षेत्र नं २ का उम्मेदवार नेतृ विद्या भट्टराईले शनिबार आफ्नो निर्वाचन क्षेत्रका श्रमिकहरुसँग भेटघाट एवं अन्तक्रिया गर्नुभएको छ ।

भेटघाट गर्दै भट्टराईले देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका रहेको हुँदा सो क्षेत्रलाइ व्यवस्थित बनाउन सरकारले सामाजिक सुरक्षा ऐन कायान्वयन गर्न अग्रसर भइरहेको बताउनु भयो ।

यसलाई थप प्रभावकारी बनाउन र श्रमीकहरुलाई थप सवलिकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहने बताउनुभयो । देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने भएकाले सबैले श्रमको सम्मान गर्न सक्नपर्ने बताउनु भयो । जिफन्ट गण्डकीले शनिबार पोखरामा आयोजना गरेको श्रमिकहरुको भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

भट्टाईले जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने भन्दै श्रमलाई ठुलो सानो भनेर विभाजित गर्न नहुने बताउनुभयो । दकार्यक्रम नेकपा केन्द्रिय सदस्य द्धय चुडामणि जंगली र श्रीनाथ बराल, जिफन्ट केन्द्रिय उपाध्यक्ष मिना गुरुङ, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री लगायतले श्रमीकहरुको हक अधिकार र सशक्तिकरणकालागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले महत्वपूर्ण खेल्दै आइरहेको बताउनुभयो । आगामी दिनमा समेत श्रमिकको भावना र चाहानालाई कम्युनिष्ट पार्टीले सम्बोधन गर्न सक्ने उहाँहरुको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button