तपाईँ सुन्दै हुनुहुन्छः

सोलारको ब्याट्री पड्किदा नेवा किचनमा आगलागी, लाखौँको क्षति (तस्बिरहरु)

 जुम्ला – जुम्लामा भिषण आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार विहान ११ः०० बजे सोलारको व्याट्रि पट्किदा चन्दननाथ नगरपालिका ६ का नरबहादुर श्रेष्ठको घरमा आगाली भएको हो ।

आगलागीबाट लाखौ बराबरको धनमाल जलेर नष्ट भएको छ । मानविय क्षती भने भएको छैन । नेवा किचन कर्नर होटलसमेत सञ्चालन भएको घरमा एक्कासी भएको आगलागीले नरबहादुर श्रेष्ठको परिवारलाई घर बिहिन बनाएको छ ।

चन्दननाथ नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी सयौं स्थानीयको सहभागितामा आगालागी नियन्त्रण जारी रहेको छ । प्रत्यक्षदर्शीका अनुसार पहिला के पट्किएको आवाज आएको र पछिसिधै आगलागी भएको बताउँछन् । यता डिएसपी सिताराम रिजालकका अनुसार के कति कारणले आगाली भएको भन्ने कुरा खुलेको छैन् । आगलागी नियन्त्रण कार्य जारी रहेकाले के–कति क्षती भयो भन्ने एकिन विवरण आउन बाँकी रहेको उनको भनाई छ ।

आगलागकीबाट सुन, नगद पैसा, लत्ता कपडा, भाडा कुडा लगायत अन्य सामाग्री जलेर पुर्णरुपमा नष्ट भएका छन् ।
आगालागी नियन्त्रण जारी रहेकोले पुर्ण विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button