तपाईँ सुन्दै हुनुहुन्छः

अतिक्रमित टुँडिखेलको संरक्षणका लागि बन्यो हजारौंको मानव साङ्लो(फोटो फिचर)

काठमाडौं । अतिक्रमणको चपेटामा परेको काठमाडौंको टुँडिखेल क्षेत्र संरक्षणका लागि दबाबस्वरूप हजारौंको मानव साङ्लो बनाएर टुँडिखेललाई घेरिएको छ ।

विश्व स्वतन्त्रता दिवसको अवसर पारेर ‘अकुपाई टुँडिखेल’ अभियान अन्तर्गत तीन हजार बढी विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागितामा मानव साङ्लो बनाई टुँडिखेललाई शनिबार घेरिएको हो ।

टुँडिखेल बचाउ अभियानअन्तर्गत नागरिक अभियान्ताले शनिबार बिहान आठ बजे टुँडिखेल घेराउ गरेका हुन् । साँस्कृतिक झाँकीसहित शुरु भएको अभियानमा राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजका अगुवा, विद्यार्थी, कलाकार, सञ्चारकर्मीहरुको सहभागिता थियो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, हिसिला यमी, गगन थापा, भिमसेनदास, बरिष्ठ पत्रकार ऋषि धमला, सञ्चारकर्मी रवी लामिछाने लगायतले ऐक्यवद्धता जनाएका छन् ।

तस्विर हेरौं

  

प्रतिक्रिया राख्नुहोस्

Back to top button