तपाईँ सुन्दै हुनुहुन्छः

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आगामी मंगलबार नेपाल आउने

काठमाडौं। बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आगामी मंगलबार नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा हमिद तीन दिने नेपाल भ्रमणमा हमिद आउन लागेका हुन् ।

नेपाल बसाईका क्रममा उनले राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, परराष्ट्रमन्त्री र प्रमुख दलका शीर्ष नेताहरुलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बसेका क्रममा राष्ट्रपति हमिदले पोखरा र काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको पनि भ्रमण गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button