तपाईँ सुन्दै हुनुहुन्छः

झापा कारागारलाई आगो नियन्त्रक फायर मेशिन उपलब्ध

भद्रपुर, झापा – आगलागीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यले झापा कारागारलाई आगो नियन्त्रक फायर मेशिन उपलब्ध गराइएको छ ।

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर)–ले झापा कारागारलाई पाँचवटा फायर मेशिन उपलब्ध गराएको हो ।

यूएनएचसिआरका प्रतिनिधि हेमकृष्ण श्रेष्ठले कारागारमा पुगेर कारागारका जेलर राजेन्द्र निरौला र चौकीदार मोहन धिताललाई शनिबार पाँचवटा फायर मेशिन हस्तान्तरण गरेका थिए । ती मेशिनको मूल्य १ लाख ५० हजार रहेको जनाइएको छ ।

२५ केजी तौलका तीनवटा र १० केजी तौलका दुईवटा गरी पाँचवटा फायर मेशिन प्राप्त फायर मेसिन प्राप्त भएको जेलर निरौलाले जानकारी दिनुभयो ।

मशिन उपलब्ध भएसँगै महिला कारागारतर्फ २५ केजीको एउटा र १० केजीको एउटा, पुरुष कारागारभित्र २५ केजीको दुई वटा र १० केजीको एउटा र कारागारको कार्यालयमा १० केजीको एउटा मेसिन जडान गरिएकको निरौलाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button