तपाईँ सुन्दै हुनुहुन्छः

‘इतिहासलाई जीवन्त बनाउने काममा यूवापुस्ताको भुमिका महत्वपूर्ण हुने’

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले इतिहासलाई जीवन्त बनाउने काममा यूवापुस्ताको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

तिमिल्सिेना समाज नेपालले सानेपा ललितपुरमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले पुर्खाको इतिहांस जोगाई राख्न जेष्ठ नागरिकका अनुभव र यूवा पुस्ताको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विकसित समाज निमार्णका लागि सबै जना हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा तिमिल्सिना थर भएका जनप्रतिनिधि, पत्रकार, कलाकार लगायत तिमिल्सिना समाजमा रहेर योगदान पुर्याउने बिशिष्ठ व्यतिmहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button