तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगरसहित चार जना पक्राउ

बर्दिया – जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले बर्दियाको दुई स्थानबाट ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेकोे छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले गुलरिया–५ बस्ने बर्ष २७ का रोजन पुरी, मधुवन–२ का दिनेश नेपाली, मधुवन–६ बस्ने बर्ष २२ का सन्तोष थापा र १९ वर्षीय खगेन्द्र शाहीलाई लागूऔषधसहित पक्राउ गरेकोे हो । उनीहरुको साथबाट जम्मा पन्ध्र पुरिया ब्राउन सुगर बरामद गरिएको हो ।

रोजन पुरी र दिनेश नेपालीको साथबाट ५ पुरिया ब्राउन सुगर बरामद गरिएको छ, भने थापा र शाहीको साथबाट १० पुरिया ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनुयो ।

भारतसंग खुला सीमानाका कारण यस्ता अबैध कार्यको फाइदा उठाउदै लागूऔषध ओसार पसारको घटना बढन थालेपछि सीमावर्ती क्षेत्रमा प्रहरीले सक्रियता बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button