तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक सुरु

काठमाडौँ – नेपाल–भारत सीमा समस्यालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वपक्षीय बैठक सुरु भएको छ ।

सर्वपक्षीय बैठकमा लिपुलेकका सम्बन्धमा भारतसँग वार्ता गरी कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने तथा नेपालको भूभाग फिर्ता गर्न पहल गर्ने विषयमा छलफल हुने बताईएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा नेता भीमबहादुर रावलको सहभागिता छ ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, कमल थापालगायत सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button