तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको छालासहित तीन पक्राउ

जनकपुरधाम – चितुवाको छालासहित धनुषामा तीन जनालाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने वर्ष २८ सुनिल ढुंगेल, वर्ष ३९ शिवकुमार महतो र धनौजी गाउँपालिका–४ बस्ने वर्ष ३६ जयराम मण्डल रहेको शसस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेड क्वाटर धनुषाबाट खटिएको ६ जनाको विषेश टोलीले हिजो साँझ चेकजाँचको क्रममा तीनै जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक राजेश उप्रेतीले जानकारी दिनुभयो ।

चितुवाको छाला मोटरसाइकलमा लुकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी उप्रेतिले दिनुभयो ।

पक्राउ परेका व्यक्तिको साथबाट चितुवाको शरिरको ५ फिट छाला र पुच्छरसहित गरी ७.५ फिट लम्बाई र ४÷४.५ फिट चौडाइको रहेको छाला बरामद भएको हो । पक्राउ परेका तीनैजनालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय धनुषामा बुझाइएको प्रहरी उपरिक्षक उप्रेतीले बताउनुभयो ।

पक्राउ परेकाहरु माथि वन ऐन अनुसार कारवाही हुने जिल्ला वन कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button